← समाचारमा फर्कनुस्
Football Jan 22, 2025 · Swadesh

आर्मीमाथि एपिएफको जित

आर्मीमाथि एपिएफको जित

काठमाडौं । साबिक विजेता एपिएफले एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डको खेलमा रोमाञ्चक जित दर्ता गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो। 

खेलको २३औं मिनेटमै रश्मिकुमारी घिसिङको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। रश्मिकै पासमा ३८औं मिनेटमा कप्तान अनिता बस्नेतले अग्रता दोब्बर बनाइन्। ८३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै आर्मीलाई खेलमा फर्काउन खोजेपनि सफल हुन सकिनन्।

यो जितसँगै एपिएफले आठ खेलबाट २४ अंक पुर्‍याउँदै फाइनल राउन्ड सक्काएको हो। आर्मीले भने समान खेलबाट १६ अंक मात्रै जोड्न सक्यो।

पहिलो क्वालिफायरमा पनि यी दुई टोली नै भिड्ने छन्। यी दुईबीचको खेल शनिबार दशरथ रंगशालामा भिड्ने छन्।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →