← समाचारमा फर्कनुस्
Football Dec 14, 2025 · Swadesh

एपीएफ फाइनलनजिक

एपीएफ फाइनलनजिक

काठमाडौं। पाकिस्तानको कराँची सिटी एफसीलाई पराजित गर्दै नेपालको एपीएफ साफ क्लब महिला च्याम्पियनसिपको फाइनलनजिक पुगेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा एपीएफले १–० को जित निकालेको हो। एपीएफको जितका रश्मिकुमारी घिसिङले गरेको गोल नै निर्णायक रह्यो।


उनले खेलको ५२औं मिनेटमा हेडरबाट गोल गरेकी हुन्। पेनाल्टी बक्स बाहिरबाट मिडफिल्डर रेनुका नगरकोटेले दिएको हाइ बललाई उनले सिक्स यार्ड बक्सबाट सहजै हेडर गर्दै गोलमा परिणत गर्दिइन्।


एपीएफको यो दोस्रो जित हो। जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्‍याएको एपीएफ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। एपीएफले पहिलो खेलम बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले हराएको थियो। तर, दोस्रो खेलमा भने भुटानको ट्रान्सपर्ट युनाइटेड एफसीसँग गोलरहित बराबरी खेल्दै अंक बाँढ्यो।


लगातार दुई हार बेहोरको कराँची भने प्रतियोगिताबाट बाहिरिएको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →