टाइब्रेकरमा आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं। त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै एपिएफले झापा महिला गोल्डकपको फाइनलमा पुगेको छ।
शुक्रवार झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा एपिएफ फुटबल क्लबले आर्मीलाई पेनाल्टमार्फत ४-२ ले हराउदै फाइनलको यात्रा तय गरेको हो।
खेलको ६३औँ मिनेटमा आर्मीले अग्रता लिन सफल भयो। डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता दिलाइन्।
तर, इन्ज्युरी समयमा खेलमा नाटकीय मोड आयो। आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पायो। कप्तान अनिताको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुग्यो।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भयो। टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गरे भने रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोकिन्। आर्मीका विमला बिक र अनिता लम्जेलले मात्र गोल गर्न सके, जबकी विमला चौधरी र सुस्मिता चौधरीका प्रहार एपिएफकी अञ्जना राना मगरले बचाइन्।
असाधारण प्रदर्शन गरेकी एपिएफकी गोलकिपर अञ्जना राना मगर प्लेयर अफ द म्याच घोषित भइन्। उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन्। अब एपिएफले उपाधिका लागि नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |