← समाचारमा फर्कनुस्
एन्फा यू-१६ : एपिएफ विजयी

काठमाडौँ । विभागिय टोली नेपाल एपिएफ क्लबले एन्फा यू-१६ युथ लिगमा पहिलो जित हासिल गरेको छ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा बुधबार भएको पहिलो खेल एपिएफले सातदोबाटो युथ क्लबमाथि २-१ गोलको संघर्षपुर्ण जित निकालेको हो।
अविनाष वाइबाको गोलमा एपिएफले अग्रता लिँदा बिकेन खत्रीले आत्माघाति गोल गरेपछि सातदोबाटो खेलमा फर्किएको थियो। त्यसपछि कप्तान तेन्जिङ शेर्पाले गोल गरेपछि एपिएफ विजयी भयो।
यसअघि एपिएफ पहिलो खेलमा थ्री स्टार क्लबसँग बराबरीमा रोकिएको थियो। यता सातदोबाटो भने पहिलो खेलमा फ्रेन्ड्स क्लब कुपन्डोलसँग पराजित भएको थियो।
जितसँगै एपिएफको दुई खेलबाट चार अंक रहेको छ। सातदोबाटोले समान खेल खेल्दा अंक जोड्न सकेको छैन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |