एन्फा प्रेसिडेन्ट लिग सुरु

काठमाडौं। एन्फा प्रेसिडेन्ट लिग फुटबल सुरु भएको छ।
मकवानपुरस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा चित्लाङ युवा क्लबले देउराली यूथ क्लबलाई ४–१ ले हरायो।
चित्लाङका लागि चन्दन कुमार दास, लोहन सुब्बा, विज्ञान खड्का र मदन स्याङतानले गोल गरे। देउरालीका राम चन्द्र वाजीले गोल गरे। चित्लाङका जय गुरुङ सो खेलका प्लेयर अफ द म्याच घोषित भए।
बुधवार भएको अर्को खेलमा विजय स्पोर्ट्स क्लब र लाली गुराँस एसोसिएसनका बिचमा गोल रहित बराबरी भयो। लाली गुराँसका सुरज ज्यु ठकुरी सो खेलका प्लेयर अफ द म्याच भए।
२ मङ्सिरसम्म हेटौडामा आयोजना हुने लिगमा १० टोलीको सहभागिता छ। सहभागी टोलीमा गाईघाट फुटबल क्लब, देउराली यूथ क्लब, नव जागृति क्लब, चित्लाङ फुटबल क्लब, टाइगर्स टिम टिकालाथाल, जन जागृति युवा क्लब,काँक्रेविहार यूथ क्लब, विजय स्पोट्र्स क्लब,हैरान्स क्लब र लाली गुराँस एसोसिएसन क्लब छन्।
लिग कम नकआउटको आधारमा सञ्चालन हुने सो प्रतियोगितामा विजेता टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउने छ। उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली सेमिफाइनल प्रवेश गर्ने छन्। सेमिफाइनल प्रवेश गर्ने टोलीले राष्ट्रिय लिगमा प्रवेश पाउने छन्। राष्ट्रिय लिग पुस महिनामा हुने छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |