← समाचारमा फर्कनुस्
Football Oct 13, 2025 · Swadesh

एन्फा पदाधिकारीकै माग, चाँडै चुनाव

एन्फा पदाधिकारीकै माग, चाँडै चुनाव

अखिल नेपाल फुटबल संघ (एन्फा) मा चाँडै चुनावको माग गर्दै केही प्रमुख केन्द्रीय सदस्यले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् । उनीहरूको माग हो, एन्फा अध्यक्ष पंजकविक्रम नेम्वाङ र महासचिव किरण राईले काम गर्न सकेनन्, त्यसैले उनीहरूले राजीनामा दिनु पर्छ ।


पत्रकार सम्मेलन गर्ने पदाधिकारी वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही तथा सदस्यद्वय रविन चन्द र रुपेश अधिकारी रहेका छन् । उनीहरूको आरोप हो, एन्फा संवेदनशिल घटनामा उदासिनता छ, सरोकारवालाको वेवास्ता गर्छ, अनि लिग संचालनमा उदासिनता छ।


यस्तै एन्फा अन्तर्राष्ट्रिय खेल संचालनमा असफल भएको छ, उसका गतिविधि अपारदर्शी छन् र खेलाडीलाई प्रोत्साहनमा कमी भएको छ । वरिष्ठ उपाध्यक्ष खड्काले भने, ‘वर्तमान अवस्थामा हामी अध्यक्ष नेम्वाङ तथा महासचिव राईलाई के विनम्र अनुरोध छ भने नेपाली फुटबललाई थप दुर्घटनाबाट जोगाउन तपाईहरूले समयमै मार्ग प्रशस्त गर्नु होला ।’


वर्तमान एन्फा कार्यसमितिको एक वर्ष कार्यकाल मात्रै बाँकी छ । आइतबार मात्रै केही फुटबल समर्थकले एन्फा कम्प्लेकस सातदोबाटोमा विरोध प्रदर्शन गरेका थिए । यस्तै त्यही दिन सहिद स्मारक लिग ‘ए’ डिभिजनका क्लब र एन्फाबीच पनि वार्ता स्थगित भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →