कार्यकाल नसकिँदै एन्फाले लियो अर्ली इलेक्सनको बाटो

काठमाडौं। अखिल नेपाल फुटबल संघ ९एन्फा० अर्ली इलेक्सनमा जाने भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार बसेको कार्यसमिति बैठकले आगामी २८ माघमा निर्वाचनमा निर्वाचन गर्ने निर्णय भएको हो। एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार “बहुमत सदस्यले चारवर्षे कार्यकाल सकिनुअगावै निर्वाचनमा जाने प्रस्ताव राख्नुभयो। उक्त प्रस्ताव पारित गरेका छौं,” शाहले भने।
एन्फाको वर्तमान कार्यसमितिको चारवर्षे कार्यकाल अर्को वर्षको ६ असारमा सकिँदै छ। तर, नियमित निर्वाचन गर्ने समयमै अमेरिका, मेक्सिको र क्यानडामा फिफा विश्वकप आयोजना हुने भएको कारण एन्फा नेतृत्व कार्यकाल सकिनुअगावै निर्वाचनमा जान लागेको हो।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले त्यही एजेन्डा समेट्दै बुधबार एन्फा कार्यसमिति बैठक बोलाएका थिए। यसअघि निलम्बित वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्ष विराटजंग शाही, केन्द्रीय सदस्यद्वय रविन चन्द र रूपेश अधिकारीले वर्तमान नेतृत्वले संवेदनशील घटनामा उदासीनता, सरोकारवालाको बेवास्ता, लिग सञ्चालनमा उदासीनता, अन्तर्राष्ट्रिय खेल सञ्चालनमा असफलता, अपारदर्शी आर्थिक गतिविधि र खेलाडी प्रोत्साहनमा कमी भएको भन्दै ‘अर्ली इलेक्सन’को माग गर्दै आएका थिए।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women