← समाचारमा फर्कनुस्
एन्फाले बोलायो खेलाडीलाई वार्तामा

काठमाडौं। अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीलाई वार्तामा आउनकाे लागि पहल गरेकाे छ।
फुटबल खेल्न पाउनु पर्ने मागसहित बिहीबार धर्नामा उत्रिएका खेलाडीलाई एन्फाले आइतबार प्रेस विज्ञप्तिमार्फत नेपाल फुटबल खेलाडी संघका प्रतिनिधिलाई सोमबार वार्ताका लागि आह्वान गरेको हो।
गत सोमबार एन्फा र शीर्ष डिभिजन क्लबबीचको बैठकले यो वर्ष पनि शीर्ष डिभिजन लिग नहुने निर्णय गरेको थियो। शीर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेपछि खेलाडीहरु आक्रोशित भएका थिए।
तीन दिनपछि खेलाडी संघले एन्फा लिगबाट भाग्न खोजेको र लिग हुनै पर्ने भन्दै आह्वान गरेको आन्दोलनमा जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरुले पनि ऐक्यबद्धता जनाएका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |