← समाचारमा फर्कनुस्
Football Aug 07, 2025 · Swadesh

एएफसी यु–१७ एसियन कप छनोट : नेपाल ओमानसँगै समूह ‘जी’ मा

एएफसी यु–१७ एसियन कप छनोट : नेपाल ओमानसँगै समूह ‘जी’ मा

काठमाडौं। एएफसी यु–१७ एसियन कप छनोटमा दुईपल्टको च्याम्पियन ओमानसँगै नेपाल समूह ‘जी’ मा परेको छ। 


एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार नेपाल समूह ‘जी’मा परेको हो। यो समूहको खेल म्यानमारमा आयोजना हुनेछ। नेपाल यसअघि एसियन कपमा तीपल्ट छनोट भइरहेको छ। अन्तिमपल्ट सन् २०१४ मा नेपाल छनोट भएको थियो। तर, समूह चरण पार गर्न सकेको थिएन।


ओमानले सन् १९९६ र २००० मा दुईपल्ट एसियन कप जितेको थियो। यो समूहमा यी दुईबाहेक सिरिया, अफगानिस्तान र म्यानमार छन्।


कुल ३८ टोली सहभागी हुने यस संस्करणमा टोलीहरूलाई सात समूहमा विभाजन गरिएको छ। तीन समूहमा ६/६ टोली छन् भने बाँकी चार समूहमा ५/५ टोली समेटिएका छन्।


छनोट चरणका खेल नोभेम्बर २२ देखि ३० सम्म सञ्चालन हुनेछ। छनोट खेल थाइल्यान्ड, भियतनाम, म्यानमार, सिंगापुर, जोर्डन, किर्गिजस्तान, ताजिकिस्तान र साउदी अरबमा आयोजना हुनेछन्। थाइल्यान्डले यसअघि छनोट खेल आयोजना गर्ने भनिएको भुटानको स्थान लिएको हो।


प्रत्येक समूहका विजेता टोली सन् २०२६ को फाइनल चरणमा प्रवेश गर्नेछन्। ती सात टोलीले सिधै विश्वकपमा स्थान बनाइसकेका कतार, उज्बेकिस्तान, साउदी अरब, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताजिकिस्तान, युएई र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →