एएफसी यु–२३ एसियन कप छनोट खेल्ने नेपालको टोली घोषणा

काठमाडौं। एएफसी यु–२३ एसियन कप छनोट खेल्ने नेपालको अन्तिम टोली घोषणा भएको छ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले बन्द प्रशिक्षणमा रहेका ३२ बाट शुक्रबार अन्तिम २३ सदस्सीय टोली घोषणा गरेका हुन्। यम सिनियर टोलीबाट खेलिरहेका विंगर आयुष घलानसँगै मिडफिल्डर कृतिशरत्न छुन्जु र भुटानमा लिग खेलिरहेका डिफेन्सिभ मिडफिल्डर सन्तोष खत्री पनि टोलीमा परेका छन्।
यी खेलाडी यु–२३ टोलीमा आबद्ध भएसँगै त्यही समय (सेप्टेम्बर ६ र ९) मा हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेल गुमाउने छन्। नेपाल यु–२३ टोलीले ग्रुप ‘के’ मा छ। यो समूहमा सिरिया, फिलिपिन्स र आयोजक ताजिकिस्तानले प्रतिस्पर्धा गर्नेछ।
नेपालले पछिल्लो पटक सन् २०२२ मा यु–२३ छनोट खेलेको थियो। टोलीले सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा एएफसी यु–२३ एसियन कप छनोट खेल्नेछ।
नेपाली टोली
कृष्ण मोक्तान, अमित टमटा, विशाल केसी, विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु, सिमन्त थापा, अभिषेक स्याङतान, आयुष घलान, आरोन थापा, निरज कार्की, दिपेश गुरुङ, कृतिशरत्न छुन्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर, सुमित शाह,रोहन खड्गी, निरजन धामी
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |