← समाचारमा फर्कनुस्
Football Jul 30, 2025 · Swadesh

आठौं रिएले कप साउन २४ गतेदेखि

आठौं रिएले कप साउन २४ गतेदेखि

भक्तपुर।  ‘आठौं रिएले कप : रिएले समर लिग २०२५’ हुने भएको छ। युवा फुटबल प्रतियोगिताअन्तर्गत एफसी रिएलेको आयोजना हुने प्रतियोगिता रिएले समर लिग साउन २४ गते (अगस्ट २) बाट सुरु हुने भएको हो।

प्रतियोगिताका सम्पूर्ण खेलहरू मध्यपुर ठिमीस्थित बोडेको रिएले ग्राउन्डमा सञ्चालन हुनेछ। यस संस्करणमा तीन उमेर समूहमा खेल आयोजना हुने आयोजकले जनाएको छ। जसमा यु–१०, यु–१२ र यु–१४ उमेर समूह समावेश गरिएको छ।

लिगमा काठमाडौं उपत्यका तथा वरपरका ब्वाइज र गर्ल्स दुवैले सहभागिता जनाउने छन्। इच्छुक खेलाडीले आफ्नो उमेर समूहमा दर्ता भई टिम ड्राफ्ट प्रक्रियाबाट सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

यसको लागि दर्ता प्रक्रिया सुरु भइसकेको छ। एफसी रिएले जापानको गैर–नाफामूलक संस्था रियल वर्ल्डअन्तर्गत सञ्चालित परियोजनामध्ये एक हो। क्लबले नेपालमा बालबालिकाको मानसिक तथा शारीरिक विकासलाई फुटबलमार्फत सशक्त बनाउने लक्ष्य लिएको छ।

यस क्लबको पुरुष टिमले शहीद स्मारक 'सी' डिभिजन लिग छनोटमा सहभागिता जनाउँदै आएको छ। क्लबको महिला टिमले सन् २०२८ मा आयोजना हुने पहिलो एन्फा महिला लिग छनोटमा सहभागिता जनाउने तयारी गरिरहेको छ।

यसले यूथ डेभलपमेन्ट लिगअन्तर्गत हरेक वर्ष दुईपटक लिग सञ्चालन गर्दै आएको छ। जसमा समर लिग र विन्टर लिगको रूपमा आयोजना गरिन्छ।

समर लिगमा व्यक्तिगत रूपमा दर्ता भएका बालबालिकाहरूलाई क्लबले अन्तरिक ड्राफ्टमार्फत टिम बनाइ लिग सञ्चालन गर्छ। विन्टर लिगमा भने विभिन्न फुटबल एकेडेमी, विद्यालय तथा टिमहरूबीच प्रतिस्पर्धा गराइन्छ।

यस परियोजनाले नेपालमा उपेक्षित बाल तथा ग्रासरुट फुटबल क्षेत्रलाई बलियो बनाउने कार्यमा उल्लेखनीय योगदान दिँदै आएको छ। नेपाल राष्ट्रिय पुरुष फुटबल टिम कप्तान किरण चेम्जोङ, ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता सन्तोष साहुखलजस्ता राष्ट्रिय खेलाडीहरूले यस लिगलाई सहयोग गर्दै आएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →