← समाचारमा फर्कनुस्
३५ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं। एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत मलेसियासँगको दोस्रो लेगका लागि ३५ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।
नवनियुक्त मुख्य प्रशिक्षक हरि खड्काले आइतबार भियतनाम भ्रमण गरेको टोलीमा १२ नयाँ खेलाडी थप्दै बन्द प्रशिक्षणका लागि टोली सार्वजनिक गरेका हुन्।
नयाँ खेलाडीमध्ये फरवार्ड समीर तामाङ, मिडफिल्डर आदीत्य शाक्य, सन्तोष खत्री र गोलकिपर टिकेन्द्र थापासहित ८ खेलाडी टोलीमा थपेका छन्।
यसअघि छनोटमा नपरेका सृजनराज गोतम, भेट्रान जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ पनि टोलीमा पुनः समावेश भएका छन्।
यसपटक दीवकार चौधरी र दीपेश धिमाल पनि टोलीमा परेका छन्। त्यस्तै, बी डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका मिडफिल्डर सञ्जीव लामा र डिफेन्डर शंकर थारु पहिलोपटक राष्ट्रिय टोलीको प्रशिक्षण सूचीमा अटाएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |