← समाचारमा फर्कनुस्
Football Aug 26, 2026 · Swadesh

१४ औं साग घोषित समयमै हुने

१४ औं साग घोषित समयमै हुने

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार पत्रकार सम्मेलन गर्दै १४ औं दक्षिण एसियाली खेलकुद अब घोषित समयकै हुने बताएको छ । एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अनपेक्षित कुनै ठूलो समस्या नभए प्रतियोगिता हुनेमा अब शंका नभएको पनि बताए । इस्लामावादमा यसै साता बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले यो प्रतियोगिता पाकिस्तानमा चैत २० देखि २८ मा गर्ने निर्णय गरेका थियो ।

त्यस बैठकमा अध्यक्ष श्रेष्ठसँग उपाध्यक्ष चतुरानन्दराज बैद्यले पनि भाग लिएका थिए । यस्तै राष्ट्रिय खेलकुद परिषदकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठले पनि भाग लिएकी थिइन् । बैठकले अबको साग सम्बन्धी तयारी र अन्य विषयमा महत्त्वपूर्ण निर्णय गरेको थियो । यसअघि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को बहराइनमा भएको बैठकमा क्रममा पनि दक्षिण एसियाली प्रतिनिधिबीच अबको साग आयोजनाबारे छलफल भएको थियो ।

भारतले अबको सागमा सहभागिता जनाउने अथवा नजनाउने निश्चित छैन् । तर अध्यक्ष श्रेष्ठले यस विषयमा धेरै चिन्ता गर्न आवश्यक नभएको पनि बनाए । सागको पछिल्लो संस्करण सन् २०१९ मा नेपालमा भएको थियो र यसैक्रममा आयोजकका रूपमा पाकिस्तानलाई झण्डा हस्तान्तर गरिएको थियो । तर विभिन्न कारणले अहिलेसम्म प्रतियोगिता हुन सकेको छैन् ।

अहिलेसम्म तय कार्यक्रम अनुसार अबका सागमा २८ खेल समावेश गरिएका छन् । उद्घाटन र समापन समारोह इस्लामावादमा हुनेछ र एथलेटिक्स, ब्याडमिन्टन, बास्केटल, स्नुकर, फुटबल, कबड्डी, कराँते, रोइङ, स्क्वास, टेबल टेनिस, टेनिस, ट्रायथलन, भारोत्तोलन, उसु र सुटिङ गरेर १० खेल त्यहाँ हुनेछन् । लहोरमा बक्सिङ, क्रिकेट, फेन्सिङ, गल्फ, ह्यान्डबल, हक्की, रग्बी, पौडी, तेक्वान्दो र कुस्ती गरेर १० खेल हुनेछन् ।

 पेशवारमा भने आर्चरी, जुडो र भलिबल गरेर तीन खेल हुनेछन् । प्रारम्भिक सूची अनुसार  यी खेलमा ३ सय ४६ इभेन्ट्समा स्पर्धा हुनेछ । त्यसमा ३ सय ४६ स्वर्ण, ३ सय ४६ रजत र ५ सय १५ कांस्यका लागि प्रतिर्स्प्धा हुनेछ । यस्तै ३ हजार १ सय ७२ खेलाडी, १ हजार १९ पदाधिकारीको सहभागिता रहनेछ । नेपालका तर्फबाट ५ सय ३२ खेलाडी र १ सय ५३ पदाधिकारीले सहभागिता जनाउने छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →