एपीएफलाई हराउँदै ईस्ट बंगाल च्याम्पियन

काठमाडौँ। साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतीय क्लब ईस्ट बंगाल एफसीले जितेको छ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा नेपालको एपीएफ फुटबल क्लबलाई ३–० ले हराउँदै पहिलो संस्करणको उपाधि ईस्ट बंगालले जितेको हो।
ईस्ट बंगालको जितमा कप्तान फाजिला इक्वापुतले दुई तथा सिल्कीदेवी हेमामले एक गोल थपिन्।
पहिलो हाफमा एपीएफविरुद्ध ईस्ट बंगालले २–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो। प
खेलको २२औँ मिनेटमा ईस्ट बंगालकी कप्तान फाजिला इक्वापुतले गोल गर्दै १–० को अग्रता दिलाइन्। ३५औँ मिनेटमा सिल्कीदेवी हेमामको गोलमा ईस्ट बंगालले पहिलो हफमै २–० को अग्रता बनायो।
४६औँ मिनेटमा कप्तान फाजिलाले ब्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन्। त्यसपछि बाँकी समय थप गोल नहुँदा बंगाल च्याम्पियन बन्यो।
यो सँगै च्याम्पियन ईस्ट बंगालले १० हजार अमेरिकीन डल पाउँदा एपीएफले ५ हजारमा चित्त बुझायो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |