न्डोनेसियाले जित्यो पहिलो संस्करणको आसियान कपको उपाधि

फिफा आसियान कप २०२६ को फाइनलमा इन्डोनेसियाले थाइल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै पहिलो संस्करणको उपाधि जितेको छ। जकार्ताको गेलोरा बुङ कार्नो स्टेडियममा भएको रोमाञ्चक फाइनल १२० मिनेटसम्म २-२ को बराबरीमा टुङ्गिएको थियो।
पेनाल्टी सुटआउटमा इन्डोनेसियाका गोलकिपर इमिल आउडेरोले थाइल्याण्डका नट्टापोङ सायरीयाको प्रहार रोक्दै टोलीलाई उपाधि दिलाए। यसअघि थाइल्याण्डका कप्तान साराच युयेनले तेस्रो प्रहारमै चुकेका थिए।
थाइल्याण्डका निकोलस मिकेल्सनले दोहोरो पहेँलो कार्डसहित ८०औं मिनेटमा मैदान बाहिरिएपछि थाइल्याण्ड १० खेलाडीमा सीमित भएको थियो।
त्यसको चार मिनेटपछि डिन जेम्सको फ्रि-किकमा थाइल्याण्डका इक्लास सान्रोनको डिफ्लेक्सनबाट इन्डोनेसिया १-० ले अग्रता लिन पुग्यो। तर ८७औं मिनेटमा सेक्सन रात्रीको क्रसमा इक्लास सान्रोनले भलीबल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
अतिरिक्त समयको १११औं मिनेटमा पिराडोल चाम्रासामीले गोल गर्दै १० खेलाडीको थाइल्याण्डलाई २-१ ले अग्रता दिलाए। तर ११६औं मिनेटमा एल्कान बागटले गोल गर्दै इन्डोनेसियालाई २-२ को बराबरीमा फर्काए र खेल पेनाल्टीमा धकेले।
यो जितसँगै इन्डोनेसियाले १० वर्षपछि थाइल्याण्डलाई पराजित गर्ने सुखद अन्त्य गरेको छ। यसअघि लगातार आठ खेलमा थाइल्याण्डसँग पराजित भएको थियो। इन्डोनेसियाका लागि यो सिनियर टोलीको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |