हङकङ सिक्सेसको लागि अस्ट्रेलियाको टोली घोषणा

आगामी हङकङ सिक्सेस २०२६ क्रिकेट प्रतियोगिताका लागि अस्ट्रेलियाले आफ्नो ७ सदस्यीय टोली घोषणा गरेको छ। क्रिकेट अस्ट्रेलियाले सार्वजनिक गरेको टोलीमा अलराउन्डर क्रिस ग्रिनलाई कप्तानको जिम्मेवारी दिइएको छ।
घोषित टोलीमा कप्तान क्रिस ग्रिनसँगै म्याक्स ब्रायन्ट, निक हब्सन, केन रिचर्डसन, ज्याक वुड, एलेक्स रस र म्याट केली रहेका छन्।
प्रतियोगिता आगामी अक्टोबर ३० देखि नोभेम्बर १, २०२६ सम्म हङकङको मिसन रोड ग्राउन्डमा सञ्चालन हुनेछ। यो प्रतियोगिताको २२औं संस्करण हो, जसमा विश्वभरका १२ राष्ट्रले सहभागिता जनाउनेछन्। सहभागी टोलीहरूलाई ४ समूहमा विभाजन गरिएको छ, जसमध्ये समूह 'ए' मा अस्ट्रेलियासँगै आयोजक हङकङ चाइना र इङ्ग्ल्यान्ड रहेका छन्।
हङकङ सिक्सर्सको ढाँचा अन्य क्रिकेट प्रतियोगिताभन्दा फरक छ। प्रत्येक टोलीमा ६ खेलाडी हुनेछन् र प्रत्येक इनिङ ६ ओभरको हुनेछ। विकेटकिपर बाहेक प्रत्येक बलरले एक-एक ओभर बलिङ गर्नुपर्ने नियम छ। यो ढाँचाले खेललाई अत्यन्तै छिटो र आक्रामक बनाउँछ, जहाँ ब्याट्सम्यानहरूले सुरुवातदेखि नै आक्रमण गर्नुपर्ने हुन्छ।
समूह चरणको खेल राउन्ड-रोबिन पद्धतिमा खेलाइनेछ, जहाँ प्रत्येक समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा आयोजक हङकङ चाइनासँग खेल्ने तालिका रहेको छ।
समूह चरणका खेलहरू
अस्ट्रेलियाले समूह चरणमा दुई खेल खेल्नेछ:
• अस्ट्रेलिया र हङकङ, चाइना: अक्टोबर ३०, बिहान ५:३० बजे नेपाली समय
• इङ्ग्ल्यान्ड र अस्ट्रेलिया: अक्टोबर ३०, दिउँसो १:५० बजे नेपाली समय
अस्ट्रेलियाली टोली अनुभवी र युवा खेलाडीहरूको मिश्रणका साथ मैदानमा उत्रनेछ, जसले हङकङ सिक्सर्सको उपाधि जित्ने लक्ष्य राखेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |