TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Martial Arts Jul 03, 2026 · Swadesh

एरिका सम्मानित

एरिका सम्मानित

तार्केश्वर नगरपालिकाले कराते खेलाडी एरिका गुरुङलाई बिहीबार नगदसहित सम्मान गरेको छ । इन्डोनेसियामा भएको २२ औं सिनियर एसियाली करातेमा कांस्य जितेकोमा एरिकालाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

सोही अवसरमा करातेका सन्तोष श्रेष्ठ, उसुका राजीव तामाङ र मुकेश पण्डितलाई जनही १० हजार नगदसहित सम्मान गरिएको थियो ।

राष्ट्रपति रनिङ शिल्डमा पदक जित्ने नगरका खेलाडी पनि नगदसहित सम्मानित भए । उनीहरुलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी अर्याल, तार्केश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group D
1 United States 3 6
2 Australia 3 4
3 Paraguay 3 4
4 Turkey 3 3
सबै समूह →