इन्डोनेसियासंग बंगलादेशको निराशजनक हार, दक्षिण एशिया र दक्षिण-पूर्वी एशियाबीचको फुटबल विकासको खाडललाई स्पष्ट

फिफा एसियन कप २०२६ को समूह 'ए' को निर्णायक खेलमा आयोजक इन्डोनेसियाले बंगलादेशलाई ९-२ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार जकार्ताको गेलोरा बुङ कार्नो स्टेडियममा भएको खेलमा इन्डोनेसियाका मिचेल बेकरले एक्लै पाँच गोल गरे। उनले खेलको ११औँ, २०औँ, ३७औँ, ४२औँ र इन्जुरी टाइमको ९०+७औँ मिनेटमा गोल गरे। इन्डोनेसियाका लागि रिज्की रिदो (३२औँ), जस्टिन हब्नर (४५+१औँ), लुक भिकरी (९०औँ) र केभिन डिक्स (९०+६औँ) ले एक-एक गोल थपे।
बंगलादेशका लागि शाहरियार इमोनले ३६औँ मिनेटमा र फरहान अली वाहिदले ९०+१औँ मिनेटमा गोल गरे। तर, यी दुई गोलले हार टार्न सकेन।
खेल सुरु हुँदै गर्दा इन्डोनेसियाले पहिलो हाफमै ६-१ को अग्रता बनाएको थियो। दोस्रो हाफमा बंगलादेशले केही समय इन्डोनेसियालाई रोके पनि अन्तिम ७ मिनेटमा चार गोल भए। इन्डोनेसियाले इन्जुरी टाइममा दुई गोल गर्दै समूह विजेता बन्न सफल भयो।
यो जित इन्डोनेसियाका लागि सहज थिएन। समूह 'ए' को अन्य खेलमा मलेसियाले सिंगापुरलाई ६-० ले हराएको थियो। इन्डोनेसिया र मलेसिया दुवैको ७ अंक र समान गोल भिन्नता (+९) थियो। अन्तिममा गोल संख्याका आधारमा इन्डोनेसिया शीर्ष स्थानमा पुग्यो। इन्डोनेसियाले तीन खेलमा ११ गोल गरेको थियो भने मलेसियाले ९ गोल मात्र।
खेलको ९०औँ मिनेटमा इन्डोनेसिया ७-१ ले अगाडि थियो। त्यसपछि बंगलादेशले ९०+१औँ मिनेटमा गोल गर्दै ७-२ बनायो। मलेसिया ६-० ले जितिरहेको अवस्थामा इन्डोनेसियालाई समूह विजेता बन्न थप दुई गोल आवश्यक थियो। इन्डोनेसियाले ९०+६औँ र ९०+७औँ मिनेटमा गोल गर्दै नाटकीय रूपमा फाइनलको टिकट पक्का गर्यो।
बंगलादेश यसअघि नै समूह चरणबाट बाहिरिसकेको थियो। पहिलो खेलमा मलेसियासँग ३-० र दोस्रो खेलमा सिंगापुरसँग १-० ले पराजित भएको बंगलादेश तेस्रो खेलमा पनि शून्य अंकका साथ प्रतियोगिताबाट बाहिरियो।
यो हार बंगलादेशी फुटबल इतिहासकै ठूलो पराजयमध्ये एक हो। यसअघि सन् १९७९ मा दक्षिण कोरियासँग र १९८२ मा इरानसँग बंगलादेश ९-० ले पराजित भएको थियो।
समूह 'ए' विजेता बनेको इन्डोनेसियाले सोमबार हुने फाइनलमा समूह 'बी' विजेता थाइल्यान्डसँग खेल्नेछ। थाइल्यान्डले पाकिस्तान र भियतनामलाई हराउँदै एक खेल बाँकी रहँदै समूह विजेता बनेको थियो। फाइनल खेल जकार्तामै हुनेछ।
यस पराजय केवल एक खेलको नतिजा मात्र नभई दक्षिण एशियाली फुटबलको संरचनागत कमजोरीलाई उजागर गर्ने ऐनाको रूपमा देखा परेको छ। यसले दक्षिण एशिया र दक्षिण-पूर्वी एशियाबीचको फुटबल विकासको खाडललाई स्पष्ट पारेको छ।
यस क्षेत्रका मुख्य चुनौतीहरू राजनीतिक अस्थिरता, व्यावसायिक साझेदारको अभाव र अस्थिर घरेलु लिग हुन्। अधिकांश देशमा भरपर्दो लिग कार्यक्रम नै छैन, नेपाल, श्रीलंका र पाकिस्तानमा लिग अनिश्चित छन् भने माल्दिभ्सको लिग संघर्षरत छ। सन् २०२६ मा बंगलादेश र भुटानमा मात्र लिग सञ्चालन भएको थियो। फिफा वरीयतामा पनि दक्षिण एशियाली टोलीहरू निकै तल छन् — भारत १३८औँ, माल्दिभ्स १७३औँ, नेपाल १७७औँ, बंगलादेश १८१औँ र पाकिस्तान १९८औँ स्थानमा छन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |