← समाचारमा फर्कनुस्
थ्रिस्टारको पहिलो जित, खुमलटारको लगातार दोस्रो हार

काठमाडौ- जारि शहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज भएको पहिलो खेलमा थ्रिस्टार क्लबले एफसि खुमलटार क्लबलाई पराजित गर्दै लिगमा पहिलो जित दर्ता गरेको छ।
सातदोबाटो स्थित एन्फा कमप्लेक्समा भएको खेलमा थ्रिस्टारले खुमलटारलाई २-० गोलअन्तरले पराजित गरेको हो। खेलमा थ्रिस्टारलाई जिताउन ५८ र ८३ औ मिनेटमा दुवै गोल विदेशि खेलाडी मार्टिन्स काओडी अजयेले गोल गरेका हुन्।
खेलमा धेरै राम्रा अवसरहरु प्राप्त गरेपनि खुमलटारले गोल गर्न नसकेपछि पराजित भएको हो।
यो जितसंगै लिगमा थरिस्टारको तीन खेलबाट चार अंक भएको छ भने पराजित भएको खुमलटारले तीन खेलमा तीन अंक बटुलेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |