सुजल र रेजीन अष्ट्रेलिया जादै

काठमाडौं – राष्ट्रिय पुरुष फुटबल टोलीका खेलाडी सुजल श्रेष्ठ र रेजिन धिमाल सुरक्षित भविष्यको खोजीमा अस्ट्रेलिया प्रस्थान गर्ने भएका छन् ।
दुवैले मछिन्द्र फुटबल क्लबबाट नेपालको शहिद स्मारक ए डिभिजन फुटबल लिग मच्छिन्द्र फुटबल क्लबबाट खेलिरहेका थिए।

उनीहरु आफ्नो भविष्य शुनिश्चित गर्न अष्ट्रेलिया गएका हुन। साथै सुजलले अन्तराष्ट्रिय फुटबलबाट सन्यास पनि लिएका छन्।
सुजल श्रेष्ठले आफ्नो सामाजिक सन्जाल फेसबुकमा यस्तो स्टाटस लेख्दै बिदा मागेका छन्।
“ मेरा सम्पूर्ण सुभचिन्तक, समर्थक र नेपालीफुटबल प्रेमीहरु माझ मेरो न्यानो नमन ।
११ वर्ष, ५१ खेल आफ्नो देशको झन्डा छातीमा बोकेर मैदानमा उत्रने अवशर पाउँदा निकै गर्विलो महसुस गरेको छु । केहि खुसिका पल त केहि दुखका, कतै उपाधि त कतै निराश क्षन लगायत यी सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलि बाट आफ्नो सन्यास घोषणा गर्दछु । यति लामो समयसम्म राष्ट्रिय टोलिको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो । मैले यो गर्व र जोशका साथ निर्वाह गरें । हाल राष्ट्रिय टोलिमा रहेका र अन्य भाईहरु धेरै क्षमतावान छन् । र म विस्वस्त छु कि भाईहरुले देशको झन्डा झुक्न दिने छैन । अब पालो नया पुस्ताको हो । सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए । साथै मलाई विस्वास गर्दै नियमित राष्ट्रीय टोलीमा स्थान दिदै यहाँ सम्म पुराउन मद्दत गर्नुहुने सम्पूर्ण प्रसिक्षकहरुलाई पनि हृदय देखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु । मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने यो मेरो लागि उपयुक्त समय हो l
जय नेपाली फुटबल”
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |