← समाचारमा फर्कनुस्
राजस्थानको लगातार चौथो जित

राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा शुक्रबार लगातार चौथो जित निकालेको छ । गुवाहतीमा भएको खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बेंगलुरुलाई सजिलै छ विकेटले पराजित गरेको हो । राजस्थान जितसम्म पुग्दा १२ बलको खेल बाँकी थियो । यससँगै उसको आठ अंक भएको छ र शीर्ष स्थानमा छ ।
बेंगलुरु भने चार अंकमा तेस्रो स्थानमा छ । पहिले ब्याटिङ गरेको बेंगलोरले आठ विकेटमा २ सय १ रन बनाएको थियो । त्यसमा कप्तान रजत पाटिदारले सर्वाधिक ६३ रन बनाए । त्यस्तै विराट कोहलीको ३२ रनको योगदान रह्यो ।
जावफमा राजस्थानले १८ ओभरमा चार विकेट गुमाएर २ सय २ रन बनायो । विजयी टिमका लागि ध्रुव जुरेलले ४३ बलमा ८१ रन बनाए । यस्तै ओपनर वैभव सूर्यवंशीले २६ बलमै ७८ रनको आक्रामक प्रदर्शन गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women