प्रिमियर लिगमा सिटि बराबरीमा रोकियो, आर्सनल र लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा सिटी नटिङघम फरेस्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सिटीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको हो ।
खेलको ४१ औं मिनेटमा बेर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ८४ औं मिनेटमा क्रिस उडले गोल गर्दै नटिङघमलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै सिटी २४ खेलमा ५२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । फरेस्ट २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
यस्तै प्रिमियर लिगकै अर्को खेलमा आर्सनलले रोमान्चक जित निकालेको छ । आर्सनलले एस्टन भिल्लामाथि ४-२ गोलको जित निकालेको हो ।
रोमान्चक खेलमा सुरुआती अग्रता एस्टनले बनाएको थियो । पाँचौं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको १६ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनललाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३१ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै एस्टनलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ६१ औं मिनेटमा ओलेक्सान्डर जिनचेन्कोले गोल गर्दै आर्सनललाई २-२ गोलको बराबरीमा ल्याए ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा एस्टनका गोलकिपर इमिलियानो मार्टिनेजले आत्मघाती गोल गरेपछि आर्सनल ३-२ ले अघि रह्यो । त्यसपछि इन्जुरी समयको आठौं मिनेटमा गाब्रियल मार्टिनेलीले गोल गर्दै आर्सनललाई ४-२ को जित दिलाए ।

यस जितसँगै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले २३ खेलमा ५४ अंक जोडेको छ । एस्टन २३ खेलमा २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
अर्को खेलमा लिभरपुलले न्युकासललाई २-० गोल अन्तरले हराएको छ । लिभरपुलको जितमा डार्विन नुनेज र कोडी गाक्पोले एक एक गोल गरे ।
अन्य खेलमा बर्नमाउथले वल्भ्सलाई , एभर्टनले लिड्सलाई , फुलहमले ब्राइटनलाई र साउथह्याम्टनले चेल्सीलाई समान १–० गोल अन्तरले पराजित गर्दा ब्रेन्टफर्ड र क्रिस्टल प्यालेस १-१ गोलको बराबरी खेलेका छन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |