← समाचारमा फर्कनुस्
मैत्रीपूर्ण खेलमा नेपालको बराबरी

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो । यस अघि बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा सदुपयोग गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालको तुलनामा भारतले केहि सुन्दर मौका पाएता पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।
नेपाल र भारत दुवैले महिला ओलम्पिक छनोटको पहिलो राउन्डको खेलको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेलेका हुन् । काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |