← समाचारमा फर्कनुस्
Football Mar 08, 2023 · Nepalsports

साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

बंगलादेशमा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरेको छ । यही मार्च २० देखि ३१ सम्म आयोजना हुने यस प्रतियोगिताका लागी २० सदसिय टोलिको घोषणा गरेको हो।

नेपाली टिमका मुख्य प्रशिक्षक भगवती राना मगरले मंगलबार २० सदस्यीय अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

यस च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल, भारत, बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।

नेपाली टिमः

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ,

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →