← समाचारमा फर्कनुस्
Football Feb 24, 2023 · Nepalsports

आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

आर्मी केपी ओली कपको सेमिफाइनलमा प्रवेश

त्रिभुवन आर्मी क्लबले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । 

आर्मीका जगजित श्रेष्ठ, टेक बहादुर बुढाथोकी, विकास खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले पेनाल्टीमा गोल गरे ।

एनआरटीका जिन एनिसेन्ट एमबौमी, लालनुन्जामा कोल्ने, निकोलस सेर्जी सङ र बिक्रम धिमालले गोल गरे ।

एनआरटीका स्टेफेन जुनियर एनगुमबोउसको पेनाल्टी आर्मीका गोलकिपर विकेश कुथुले बचाएका थिए।  

त्यसअघि खेलको ३२ औं मिनेटमा लालनुन्जामा कोल्नेले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाएका थिए  ।

तर, खेलको ५३ औं मिनेटमा एनआरटीका कप्तान बिक्रम धिमालले आत्मघाती गोल गरेपछि आर्मी खेलमा फर्किएको थियो ।

अब आर्मीले सेमिफाइनलमा सातदोबाटो युथ क्लबसँग खेल्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →