← समाचारमा फर्कनुस्
संकटाला हराउदै मनांगको पहिलो जित

काठमाडौं- जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज भएको अन्तिम खेलमा मनाङ मर्श्यगंदी क्लबले संकटा क्लबलाई १-० गोलले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङका लागी खेलको ५३ औं मिनेटमा सायिद जामोलले गोल गरेका थिए। जामोलले डिबक्स बाहिरबाट प्रहार गरेको बल संकटाका गोलकिपरले बचाउन खोज्दा गल्ति गर्न पुग्दा गोल भएको थियो।
प्रतिसपर्धात्मक भएको खेलमा दुवै टोलिले धेरै गोल गर्ने अवसरहरु प्राप्त गरेपनि त्यसलाई गोलमा परिणत भने गर्न सकेनन्।
यो जित संगै मनाङ ले लिगमा चार अंक बटुलेको छ। दुवै टोलिले पहिलो खेल बराबरि खेलेका थिए। उता संकटाको दुईखेलबाट एक अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |