← समाचारमा फर्कनुस्
Football Feb 19, 2023 · Nepalsports

‘खुम्बु ल्होसार कप’ को उपाधि ठमिछोवा फुटबल क्लबलाई

‘खुम्बु ल्होसार कप’ को उपाधि ठमिछोवा फुटबल क्लबलाई

शेर्पा समुदायको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता ‘खुम्बु ल्होसार कप’ फुटबलको १३ औं संस्करणको उपाधि ठमिछोवा फुटबल क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनलमा ठमिछोवा फुटबल क्लबले नाम्चे युवा क्लबलाई ३ – १ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । ठमिछोवा क्लबले १ लाख नगदसहित ट्रफि र मेडल प्राप्त गरेको छ ।

फाइनलको उपाधि जित्न नसके पनि नाम्चे युवा क्लब
दोस्रो (सेकन्ड् रनर् अप्) बन्न सफल भएको छ । दोस्रो बन्न सफल नाम्चे युवा क्लबले ५० हजार नगदसहित र मेडल मेडल प्राप्त गरेको छ ।
तेस्रो स्थानका लागि सम्पन्न खेलमा जुभिङ शेर्पा कुदिक क्लबलाई पराजित गर्दै आमाडब्लम तेस्रो भयो । आमाडब्लमले जुभिङ शेर्पा क्लबलाई २ – ० गोलअन्तरले पराजित गर्यो । तेस्रो बन्न सफल

आमाडब्लम युवा क्लबले २५ हजार नगदसहित मेडल प्राप्त गरेको छ ।

शेर्पा समुदायको नयाँ वर्ष तथा चाड ल्होसारको अवसरका खुम्जुङ युवा क्लबले प्रत्येक वर्ष ‘खुम्बु ल्होसार कप’ आयोजना गर्दै आएको छ ।

शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको हो । काठमाडौंको सानो गौचरण खेलकुद मैदानमा सम्पन्न प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।
खुम्बु पासाङल्हामु गाउँपालिका– खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →