← समाचारमा फर्कनुस्
फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको फाइनलमा

काठमाडौ- फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब २२ औं तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ।
भर्खरै समपन्न खेलको निर्धारित समयमा दुबै टिमले २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा ४–३ गोल अन्तरले फ्रेन्ड्स क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दील् फाइनलमा स्थान सुरक्षीत गरेको हो।
खेलमा फ्रेण्डसका लागी सातौ मिनेटमा रफिक अमिनु, २६ औं उत्तम राईले गोल गरे। त्यस्तै मनांका लागी आशिष गुरूङले पहिलो हाफको इन्जुरी समयमा र ४७ औ मिनेटमा प्रशन्न श्रेष्ठले गोल गरेका हुन्।
मनाङले अब उपाधिको लागि शनिबार सुदूरपश्चिम ११ सँग खेल्नेछ। थ्री स्टारलाई हराउँदै सुदूरपश्चिमले फाइनलको स्थान तय गरिसकेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |