← समाचारमा फर्कनुस्
Football Jan 17, 2023 · Nepalsports

आर्सनलको ८ अंकको अग्रता, चेल्सी र न्युक्यासल पनि विजयी

आर्सनलको ८ अंकको अग्रता, चेल्सी र न्युक्यासल पनि विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर आर्सनल विजयी बनेको छ । आइतबार राति भएको खेलमा आर्सनलले टोटेनहमलाई २-० गोल अन्तरले हराएको हो ।

खेलको १४ औं मिनेटमा गोलकिपर हुगो लोरिसले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुआती अग्रता बनाएको थियो । त्यसपछि खेलको ३६ औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए ।

जितसँगै आर्सनलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । आर्सनलले १८ खेलमा ४७ अंक जोडेको छ । टोटेनहम ३३ अंक जोडेर पाँचौं स्थानमा स्थानमा रहेको छ ।

यस्तै अन्य खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले हराएको छ ।


चेल्सीको जितमा काइ हाभर्ट्जले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै १९ खेलमा २८ अङ्क जोडेको चेल्सी तालिकाको १०औं स्थानमा छ । क्रिस्टल प्यालेस २२ अङ्क जोडेर १२औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा न्युक्यासलले फुलह्यामलाई १–० गोल अन्तरले हराएको छ ।

जितसँगै अङ्क तालिकाको तेस्रो स्थानमा रहेको न्युक्यासलले ३८ अङ्क जोडेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →