← समाचारमा फर्कनुस्
Football Feb 27, 2023 · Nepalsports

लिगको मार्केटिङ र टिकेटिङको अधिकार एमडीएससी स्पोर्ट्सलाई

लिगको मार्केटिङ र टिकेटिङको अधिकार एमडीएससी स्पोर्ट्सलाई

सहिद स्मारक ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिले प्राप्त गरेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै शीर्ष तीन लिगको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार एमडीएससीले प्राप्त गरेको जनाएको छ ।

एन्फाले आव्हान गरेको टेन्डर प्रक्रियाबाट एमडीएससीले भ्याट बाहेक १ करोड ९७ लाखमा शीर्षक प्रायोजक बाहेकका मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको अधिकार किनेको हो ।

एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस्तै लिगका खेलहरु स्पेस फोरके टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । यसका लागि एमडीएससी स्पोर्ट्स र टेलिभिजनबीच सम्झौता भईसकेको छ ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुदैछ । लिग दशरथ रंगशाला, च्यासल रंगशाला र एन्फा कम्प्लेक्सको खेल मैदानमा डबल राउन्ड रोबिनको आधारमा हुनेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →