← समाचारमा फर्कनुस्
चर्च बोइजको लगातार तेस्रो जित

काठमाडौ- जारि शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको अन्तिम खेलमा चर्च ब्वाइज बिजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लिग लिडर चर्च ब्वाइजले हिमालयन शेर्पालाई १-० गोलअन्तरले पराजित गर्दै लिगमा लगातार तेस्रो जीत निकालेको छ।
चर्च बोइजको जितमा आषिस चौधरिले २०औ मिनेटमा गोल गरेको हुन्।
आक्रमक बनेर खेल आफ्नो पक्षमा राखेपनि हिमालयनले गोल गर्न भने सकेन्।
यो जितसंगै चर्च बोइज शत प्रतिश नतिजाकासाथ लिगको शिर्ष स्थानमा कायमै रहेको । उसको तीन खेलमा नौ अंक रहेको छ। उता पराजित भएको हिमालयनको तीन खेलमा चार अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |