← समाचारमा फर्कनुस्
Football Mar 08, 2023 · Nepalsports

च्याम्पियन्स लिगमा आज राति बार्यन र पिएसजीको महाभिड्न्त

च्याम्पियन्स लिगमा आज राति बार्यन र पिएसजीको महाभिड्न्त

काठमाडौं – यूईएफए च्याम्पियन्स लिगमा आज राति दोस्रो लेगको खेलमा जर्मन क्लब बार्यन म्युनिख र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन्ट पिएसजी को भिडन्त हुँदैछ ।

राति हुने यी दुई टोबीचको खेल बार्यनको घरेलु मैदान अलायंझ अरेनमा नेपाली समयअनुसार १:४५ बजेबाट सुरु हुनेछ।

यस अघि पिएसजीको घरेलु मैदानमा भएको पहिलो लेगमा बार्यन १-० गोलले विजयी भएको थियो ।

स्टार खेलाडीले भरिपुर्ण पिएसजीलाई प्रतियोगिताको यात्रा कायम राख्नको लागि आजको खेल २ गोलको अन्तरमा जित्नै पर्ने दबाब छ ।

यस खेलका लागि पिएसजीका ब्राजिलियन फरवार्ड नेयमार उपल्बध हुने छैनन् भने लियोनल मेस्सी र केलियन एम्बापे भने सुरुवात बाटै मैदान उत्रिने छन् ।

च्याम्पियन्स लिगमा यी दुई टोलीले अहिले सम्म १२ खेल खेलेका छन् । जसमा दुबै टोलीले ६/६ खेल जितेका छन् । यस्तै बार्यन ६ पटकको उपाधि विजेता हो भने पिएसजीले अहिले सम्म उपाधि जितेको छैन ।

यस्तै आजै हुने अर्को खेलमा टोटेनह्म हट्सफर र एसी मिलानबीच सोहि समयमा टोटेनह्यामको घरेलु मैदानमा भिड्दै छन्। यसअघिको पहिलो लेगमा घरेलु मैदानमा मिलान १-० गोलले विजयी भएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →