← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

बागमती खप्तड गोल्डकपको क्वार्टरफाईनलमा

बागमती खप्तड गोल्डकपको क्वार्टरफाईनलमा

धनगढी । बागमती युथ क्लब सर्लाही मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेको छ । बिहीबार धनगढी रंगशालामा भएको उद्घाटन खेलमा विभागीय टिम एपीएफलाई १–० गोल अन्तरले हराउँदै बागमती युथ प्रतियोगिताको अन्तिम ८ मा प्रवेश गरेको हो।

बागमतीको जितमा खेलको चौथो मिनेटमा अनिल राना मगरले विजयी गोल गरेका थिए । बागमतीले सेमिफाइनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतियोगिताको छैटौं संस्करणको उद्घाटन गरेका थिए । उनले सुदूरपश्चिम प्रदेश सरकार यस क्षेत्रको खेल विकासका लागि सधै सकारात्मक रहेको भन्दै प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले प्रदेशको गौरवको रुपमा रहेको खप्तड गोल्डकप प्रतियोगिता आयोजनाका लागि सहयोग पुर्याउने प्रदेश सरकार सहित सम्पुर्ण नीजि र सरकारी निकायप्रति आभार प्रकट गरेका थिए । 

बिहीबार सुरु प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ६ ए डिभिजन, २ विदेशी र एक मोफसल र आयोजक गरि १० टिम सहभागी छन् ।

प्रतियोगिताको दोस्रो खेलमा शुक्रबार ए डिभिजन क्लब खुमलटार एफसी र एभिनिर एफसी क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →