← समाचारमा फर्कनुस्
Basketball Mar 25, 2023 · Nepalsports

एलडीबीए बास्केटबल भोलिदेखि

एलडीबीए बास्केटबल भोलिदेखि

ललितपुर जिल्ला बास्केटबल संघ (एलडीबीए) को आयोजनामा एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष शरद विष्टले जनाएका छन् । सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् ।

सहभागी टिमहरुमा आर्मी र टाइम्सको समान ३–३ टिम, गोल्डेनगेट, कीर्तिपुर, अक्सब्रिज र नखिपोट युथ क्लबको समान २–२ टिम, विशाल मिलन केन्द्र (बीएमके), पीवाईसी, केसीएम, फेमिली, अन्डरडग्स, विराटनगर, धरान, शंखरदेव, भनिमण्डल र माम्बा रहेका छन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा हुनेछ ।
प्रायोजकहरुमा प्लाटिनम, एलओडी, त्रिसरा, तामारिन्ड, द वर्कसप इटेरी, युनियन, डिएभी, ८८४८ बेस क्याम्प, काठमाण्डोग र ब्रान्डहाउस रहेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →