← समाचारमा फर्कनुस्
Football Mar 01, 2023 · Nepalsports

ए डिभिजन लिगको टिकट इसेवा मार्फत लिन सकिने

ए डिभिजन लिगको टिकट इसेवा मार्फत लिन सकिने

शहीद स्मारक ए डिभिजन लिगको लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ। यहि फागुन २९ गतेदेखि सुरु हुने लिगको टिकट पनि आज सार्वजनिक गरेको छ ।

लिगको खेल हेर्नका लागि दुई प्रकारका टिकट मूल्य तय गरिएको छ । साधारण प्यारापिटतर्फ १०० र भीआईपी प्यारापिटतर्फ ३०० रुपैयाँको टिकट मूल्य तोकिएको हो ।

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरि ३ वटा रंगशालामा हुने ए डिभिजन लिगको खेल हेर्ने टिकट इसेवा मार्फत अनलाइन खरिद गर्न सकिने इसेवाले जनाएको छ । १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुने एमडीएसी स्पोर्ट्सले जनाएको छ ।

केही दिनअघि मात्रै अखिल नेपाल फुटबल संघ एन्फाले ए, बी र सी डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको लागि एमडीएसी स्पोर्ट्ससँग सम्झौता गरेको थियो ।

लिगको प्रत्यक्ष प्रशारण स्पेस फोर के टेलिभिजनबाट हुनेछ । डबल राउण्ड रोबिन लिगमा हुने लिगमा ए डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लबले नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →