TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Mar 17, 2025 · Swadesh

ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा

ह्विलचियर बास्केटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा जारी उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबारबाट सुरु भएको प्रतियोगितामा पहिलो दिन समूह चरणका सम्पूर्ण खेल सम्पन्न भएसँगै सेमिफाइनल प्रवेश गर्ने महिला तथा पुरुष दुवैतर्फबाट अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।

पुरुषतर्फ समूह ‘ए’ बाट आर्मी समूह विजेता र एपिएफ उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन्। आर्मीले तीन खेलमा तीन जित हासिल गर्दा आर्मीसँग एपिएफ पराजित हुँदै उपविजेता बन्यो।

अर्को समूहबाट आयोजक एनएससिआइए समूह विजेता र बिआइए उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। अब सेमिफाइनलमा आर्मीले बिआइए र एपिएफले एनएसिसआइएसँग खेल्नेछ।

महिलातर्फ समूह ‘ए’ बाट राष्ट्रिय आदिवासी अपांग महिला संघ नेपाल (निडवान) र आयोजक टोली एनएससिआइए सेमिफाइनलमा प्रवेश गरेका छन्। अर्को समूहबाट डब्ल्युएसए विजेता तथा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जिडब्युएससी) उपविजेता हुँदै सेमिफाइनल यात्रा तय गरे।

प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेमसुन्दर होनाका अनुसार सेमिफाइनलमा अब डब्ल्युएसएले एनएससिआइए र निडवानले जिडब्युएससीसँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशसभासदस्य लक्ष्मी घिमिरेले गरेकी दिइन्। एनएससिआइए अध्यक्ष देवी आचार्यले सभाअध्यक्ष ग्रहण गरिन्। यस्तै, अन्य विशेष अतिथि उपस्थित थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →