← समाचारमा फर्कनुस्
Basketball Nov 04, 2025 · Swadesh

बुधबारदेखि समृद्धि खुला बास्केटबल च्याम्पियनसिप

बुधबारदेखि समृद्धि खुला बास्केटबल च्याम्पियनसिप

काठमाडौँ। एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा र नेपाल बास्केटबल संघको सहकार्यमा ‘समृद्धि ओपन खुला बास्केटबल च्याम्पियनसिप’ बुधबारदेखि सुरु हुने भएको छ।


आयोजकका अनुसार प्रतियोगिता कात्तिक १९ गते (बुधबार) देखि २४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा सिनियर र जुनियर गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। दुवै विधामा चार–चार टिमले प्रतिस्पर्धा गर्नेछन्।


सिनियर समूहतर्फ विजेता टोलीले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टोलीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ। तर, जुनियर समूहका लागि भने पुरस्कार राशि नहुने आयोजकले जनाएको छ।


प्रतियोगिताका सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →