TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball Dec 01, 2024 · Swadesh

भ्याली पब्लिकको तीन टोली सेमिफाइनलमा

भ्याली पब्लिकको तीन टोली सेमिफाइनलमा

काठमाडौं । आयोजक भ्याली पब्लिकको तीन टोली १८ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ । 

शनिबार भ्याली पब्लिकको सिनियर र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुग्यो । यसअघि सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ सेमिफाइनलमा पुगेको थियो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले जिनियस वल्र्डलाई ४५–२९, टीआईएले किङडमलाई ६३–४७, गोल्डेनपिकले गेटवेलाई ६४–५५ र ग्रिनल्यान्डले एलआरआईलाई ५८–२३ ले पराजित गरी सेमिफाइनलमा पुगे । भ्याली पब्लिकका सुनिल पौडेलले २०, टीआईएका कृष ओलीले १९, गोल्डेनपिकका विजय तामाङले २५ र ग्रिनल्यान्डका प्रवीण गुरुङले १७ अंक जोडे ।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले हिमरश्मिलाई ३८–१९, त्रिज्योतिले ग्रिनल्यान्डलाई ३१–१८, एन्जल्स हार्टले सत्यसाइलाई ३५–२९ र गोल्डेनपिकले किङडमलाई ३९–२८ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । भ्याली पब्लिकका अशोक विश्वकर्माले २२, त्रिज्योतिका फिन्जु शेर्पाले १२, एन्जल्स हार्टका रुपेश पौडेलले २१ र गोल्डेनपिकका अनमोल राईले १२ स्कोर गरे ।

सिनियर गल्र्समा टीआईएले भ्याली पब्लिक ‘बी’ लाई २१–१६ तथा एलआरआईले हिमरश्मिलाई ९–७ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । टीआईएकी अर्जिला शाहीले ९ तथा एलआरआईकी रिदम भुजेलले ३ अंक बटुले । भ्याली पब्लिक ‘ए’ संगै ग्रिनल्यान्डले पनि यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →