← समाचारमा फर्कनुस्
Basketball Jun 23, 2024 · Swadesh

भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

भ्याली पब्लिक र एन्जल्स हार्टलाई उपाधि

भ्याली पब्लिक ‘ए’ र आयोजक एन्जल्स हार्टले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । भ्याली पब्लिक ‘ए’ सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा पहिलो भएका हुन् ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्टको कोर्टमा भएको सिनियर गल्र्स फाइनलमा भ्याली पब्लिक ‘ए’ आफ्नै ‘बी’ टिमलाई २८–२० ले पराजित ग¥यो । विजेताकी लोरिशा गौचनले ९ अंक जोडिन् । ग्रिनल्यान्ड तेश्रो भयो ।
जुनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा एन्जल्स हार्टले किङडम हिमालयलाई ३७–३१ ले हरायो । निर्धारित समयको खेल ३१–३१ को बराबरीमा सकिएको थियो । एन्जल्स हार्टका रुपेश पौडेलले १५ स्कोर गरे । ग्रिनफिल्ड तेश्रो बन्यो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टका रुपेश पौडेल तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । जुनियर ब्वाइजमा एन्जल्स हार्टका अदित पुन तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की लोरिशा गौचन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा किङडमका जिग्मे लामा तथा सिनियर गल्र्समा भ्याली पब्लिक ‘ए’ की दृष्य गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
साताव्यापी प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

हिसान बास्केटबलमा टाइम आउट च्याम्पियन ः
टाइम आउट नेपाल प्रथम हिसान तारर्केश्वर एसइइ कप थ्री एक्स थ्री छात्र बास्केटबलमा आइतबार च्याम्पियन बनेको छ।

एन्जल्स हार्टमै आइतबार भएको फाइनलमा टाइम आउटले श्री युवा क्लबलाई १९–१५ ले पराजित ग¥यो । दुईदिनमा टाइम आउटको यो दोश्रो उपाधि हो । टाइम आउटले शनिबार लोयल्टी कप एसइइ छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

उपाधिसंगै टाइम आउटले १५ हजार तथा श्री युवा क्लबले १० हजार नगद पुरस्कार प्राप्त गरे । हिसान तार्केश्वर कमिटीद्वारा आयोजित दुईदिने प्रतियोगितामा ५० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
दुवै प्रतियोगिताको समापन कार्यक्रम एन्जल्स हार्टमै भएको थियो । विजेतालाई तार्केश्वर नगरपालिकाकी उप मेयर श्रृजना बुर्लाकोटी अर्याल, एन्जल्स हार्ट एडुकेसन फाउन्डेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →