← समाचारमा फर्कनुस्
Football Jul 02, 2026 · Swadesh

बोस्नियालाई हराएर अमेरिका अन्तिम १६ मा

बोस्नियालाई हराएर अमेरिका अन्तिम १६ मा

अमेरिकाले विश्वकप २०२६ मा बिहीबार बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ र यससँगै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्न सफल रह्यो । अमेरिका नकआउट चरणमा प्रवेश गरेको विश्वकपका पछिल्ला चार संस्करणमा यो नै पहिलो पटक हो ।

अमेरिकासँगै यसअघि अन्य दुई सह आयोजक क्यानाडा र मेक्सिको पनि अन्तिम १६ पुगिसकेका छन् । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा फोलारिन बालोगनले ४५ औं मिनेटमा गोलको खाता खोले । तर उनी भाग्यमानी रहेनन् र ६४ औं मिनेटमा रातो कार्डमा मैदान छाड्न बाध्य रहे । बोस्नियाका तारेक मुहारेमोभिचमाथिको गरेको ट्याकलमा अमेरिकी स्ट्राइकरलाई ‘भार’ को मदतले रातो कार्ड देखाइएको हो ।

खेलको ८२ औं मिनेटमा मलिक टिलमनले फ्रि किकबाट दोस्रो गोल थपे र यो सुन्दर रह्यो । उनले पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →