हङकङ सिक्सेस २०२६ का लागि यूएई टोलीको घोषणा

काठमाडौं — हङकङ सिक्सेस २०२६ क्रिकेट प्रतियोगिताका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो ७ सदस्यीय टोलीको घोषणा गरेको छ। खालिद शाहको कप्तानीमा रहेको यूएई टोलीले आगामी अक्टोबर ३० देखि नोभेम्बर १ सम्म हङकङको तिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा हुने प्रतियोगितामा भाग लिनेछ।
यूएई टोलीमा कप्तान खालिद शाह, मुहम्मद फारुख, मारुफ मर्चेन्ट, मुहम्मद जुहैब, जाहिद अली, अन्श टन्डन र मुहम्मद फराजुद्दीन समावेश छन्। टोलीको व्यवस्थापन तथा प्रशिक्षकको जिम्मेवारी नविद अहमदले सम्हालेका छन्।
यस वर्षको प्रतियोगितामा १२ अन्तर्राष्ट्रिय टोलीहरू सहभागी हुँदैछन्, जसलाई ४ समूहमा विभाजन गरिएको छ। यूएईलाई भारत र पाकिस्तानसँगै समूह 'सी' मा राखिएको छ। प्रतियोगिताको ढाँचा अनुसार प्रत्येक टोलीमा ६ खेलाडी हुनेछन् र प्रत्येक इनिङ ६ ओभरको हुनेछ।
यूएईको खेल तालिका
· शुक्रबार, ३० अक्टोबर: पाकिस्तान विरुद्ध यूएई — बिहान १०:३५ बजे (स्थानीय समय)
· शनिबार, ३१ अक्टोबर: यूएई विरुद्ध भारत — बिहान १०:३५ बजे (स्थानीय समय)
प्रतियोगिताको सेमिफाइनल खेलहरू शनिबार हुनेछन् भने फाइनल तथा प्लेअफ खेलहरू आइतबार, १ नोभेम्बरमा हुनेछन्। गत वर्षको विजेता पाकिस्तानले यस पटक सातौं पटक हङकङ सिक्सेसको उपाधि जित्ने लक्ष्य राखेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |