च्याम्पियन्स् लिगको उपाधी म्यानचेस्टर सिटीलाई

काठमाडौ- युरोपियन च्याम्पियन्स लिग २०२२/२३ को उपाधी म्यानचेस्टर सिटीले जितेको छ।
सिटीले फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै पहिलो पटक यो उपाधी हात पारेको हो।
रोड्रीले खेलको ६८ औं मिनेटमा पेनाल्टी स्पट नजिक बाट प्रहार गरेको सट सिधै गोलमा परिणत भएको थियो।
दोस्रोपटक फाइनल खेलेको सिटीले पहिलो उपाधि जित्न सफल भएको हो। सिटी यसअघि सन् २०२१ को फाइनलमा चेल्सीसँग पराजित भएको थियो।
सिटीले यस उपाधीसंगै इग्लिस प्रिमियर लिग र एफए कपको उपाधी गरि ट्रेबल हात पारेको छ।
प्रशिक्षकका रुपमा पेप ग्वार्डिओलाले दोस्रो क्लबबाट च्याम्पियन्स लिग जितेका छन्। यसअघि उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए। सन् २००८ देखि २०१२ सम्म बार्सिलोनालाई २ पल्ट च्याम्पियन्स लिग उपाधि दिलाएका थिए।
यो संगै ट्रिबेल जित्ने म्यानचेस्टर युनाइटेड,जर्मनीको बायर्न म्युनिख र स्पेनको बार्सिलोनासंगै पनि सिटीले पनि आफ्नो नाम दर्ता गराएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |