← समाचारमा फर्कनुस्
Football Mar 24, 2023 · Nepalsports

थ्री नेसन कपः नेपालको विजयी सुरुवात

थ्री नेसन कपः नेपालको विजयी सुरुवात

काठमाडौँ- नपालमा आजबाट सुरु भएको प्रधानमन्त्री थ्री नेशन कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको उद्घाटन खेलमा लाओसविरुद्ध जीत निकाल्दै प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

त्रीपुरेश्वरस्थीत दशरथ रंगशालामा भएको खेलमा आयोजक नेपालले लाओसलाई २-० गोलअन्तरले पराजित गरेको हो।

नेपालको जीतमा खेलको ३० औ मिनेटमा नविन लामाले प्रहार गरेको कर्नर किकमा डिफेन्ड अनन्त तामांगले हेडर गोल गर्दै नेपाललाई खेलमा सुरुवाती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ५५औ मिनेट नवयुग श्रेष्ठले शानदार गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाउदै २-० को स्थितिमा पुर्याए। नवयुगले डिवक्स बाहिरैबाट प्रहार गरेको गोलले सिधै विपक्षी टिमको गोल पोष्ठको जाली चुमेको हो।

खेलको ७२ औ मिनेटमा लाओसका खेलाडीलाई फउल गरेपछि नेपाली डिफेन्डर पुजन उपरकोटिले पहेलो कार्ड पाएका थिए।

त्यस्तै आजको खेलमा नेपालका लागी मनी कुमार लामा,सुमित श्रेष्ठ र दिपक राज सिंह ठकुरीले राष्ट्रिय टोलिका लागी डेब्यु गरेका छन्।

यस खेल हेर्नका लागी दशरथ रंगशालामा पाँच हजार एकसय सत्र जना समर्थकको उपस्थिती रहेको थियो।

खेलमा नेपालविरुद्ध केही हावी बनेको लाओसका खेलाडीविरुद्ध नेपाली डिफेन्डर र गोलकिपर किरण चेम्जोङ हावी बनेका थिए। लाओसको आक्रमक प्रहारहरुलाई नेपाली टिम कप्तान तथा गोलकिपर चेम्जोङले सफल हुन दिएनन्। उत्कृष्ट प्रदर्शन गरेका चेम्जोङले खेललाई क्लिन स्विप गर्न सफल रहे।

यो जीतसंगै नेपालले प्रतियोगितामा महत्तवपुर्ण तीनअंक जोडेको छ। तीन टोलिको सहभागीता रहेको यस प्रतियोगिताको उत्कृष्ट दुई टोलिले फाइनल खेल्नेछ। प्रतियोगिता सिंगल राउन्ड रोविन लिगको आधारमा हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →