← समाचारमा फर्कनुस्
टोटनहमको आत्मविश्वास बढाउने जित

लगातार दबाबमा खेलिरहेको टोटनहमले इंग्लिस प्रिमियर लिगमा सोमबार कभेन्ट्रीलाई ३–१ ले हराएर आत्मविश्वास बढाउने जित निकालेको छ । यस जितपछि अंक तालिकाको पुछारमा रहेको टोटनहम माथि उक्लेर १६ औं स्थानमा पनि पुगेको छ ।
आफ्नो घरेलु मैदानमा टोटनहमले जेम्स म्याडिसनको गोलमा अग्रता लिएको थियो । कभेन्ट्रीका लागि ज्याक रुडोनीले बराबरी गोल फर्काए । तर टोटनहमका लागि ओमर मारमोस र सब्टिच्युट बेन डासिसले एक एक गोल गर्दै तीन बहुमूल्य अंक निश्चित गरे ।
यो नतिजापछि टोटनहमको अब छ अंक भएको छ । कभेन्ट्री छ अंकमै १७ औं स्थानमा झरेको ृछ । यस्तोमा फुलहम, नटिंघम फरेस्ट र सन्डरल्यान्ड रेलिगेसन क्षेत्रमा रहे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |