← समाचारमा फर्कनुस्
टोटनहमसँग युनाइटेडको बराबरी

म्यानचेस्टर युनायटेडले ेइंग्लिस प्रिमियर लिगमा शनिबार टोटनहमसँग १–१ को बराबरी खेलेको छ र यससँग दुवै टिमले एक एक अंकमा चित्त बुझाएका छन् । खेलको इन्जुरी समयमा डोमिनिक सोलान्केले गोल गरेपछि १० खेलाडीमा सीमित टोटनहमले बराबरी नतिजा निकालेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा ७३ औं मिनेटमा ब्रायन एमबुमोले युनाइटेडलाई अग्रता दिलाएका थिए । रोड्रिगो बेन्टानकुरले रातो कार्ड पाएपछि टोटनहम दस खेलाडीमा सीमित रहेको थियो । यो नतिजापछि युनाइटेड छ अंकमा १२ औं स्थानमा रह्यो ।
टोटनहम भने समान खेलबाट तीन अंकमा १८ औं स्थानमा छ । अन्य खेलमा चेल्सीले बर्नमाउथलाई ५–१, इपस्विच टाउनले बर्नमाउथलाई २–१ र ब्राइटनले सन्डरल्यान्डलाई २–१ ले हरायो । एस्टन भिल्ला र ब्रेन्टफोर्डले भने २–२ को बराबरी खेले ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |