← समाचारमा फर्कनुस्
ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ- जारी शहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैछ।
दिउसो ३ बजे च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लब भिड्दैछन्।
मनाङ १८ खेलमा २२ अंकसहित आठौ स्थानमा रहेको छ । त्यस्तै संकटा १८ खेलमा २१ अंकसहित १२औं स्थानमा रहेको छ ।
सोहि समय दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र मछिन्द्र फुटबल क्लब भिड्दैछन्।
फ्रेन्ड्स १८ खेलमा २० अंकसहित १३औं स्थानमा रहेको छ। त्यस्तै मछिन्द्र १८ खेलमा ३० अंकसहित तेस्रो स्थानमा रहेको छ ।
आज हुने अन्तिम खेलमा साझ ६ बजे एनआटी र जावलाखेल भिड्दैछन्।
जावलाखेल ३१ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |