← समाचारमा फर्कनुस्
'ए' डिभिजन लिगमा आज तीन खेल हुदै

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछ।
दिउसो ३ बजे दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र एपीएफ क्लब भिड्दैछन्।
एपीएफ २३ खेलमा २९ जोडेर आठौं स्थानमा रहदा थ्री स्टार २३ खेलमा २७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
सोहि समय च्यासल नैदानमा त्रिभुवन आर्मी क्लब र सातदोबाटो युथ क्लब भिड्दैछन्।
सातदोबाटो २३ खेलमा २९ अंक जोडेर नवौं स्थानमा रहदा आर्मी २३ खेलमा ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
त्यस्तै आज हुने अन्तिम खेलमा चर्च ब्वाइज युनाईटेड र जावलाखेल युथ क्लब भिड्दैछन्। खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ।
जावलाखेल २३ खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहदा लिग लिडर चर्च ब्वाइजको २३ खेलमा ४१ अंक रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |