← समाचारमा फर्कनुस्
Football Jun 06, 2023 · Shishir

'ए' डिभिजन लिगमा चार खेल, चर्च ब्वाइजलाई उपाधि जित्ने मौका

'ए' डिभिजन लिगमा चार खेल, चर्च ब्वाइजलाई उपाधि जित्ने मौका

काठमाडौ- जारि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मंगलबार चार खेल हुँदैछ।

दिउँसो ३ बजे दशरथ रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र थ्री स्टार क्लब भिड्दैछन्।

लिग लिडर चर्चको २४ खेलमा ४४ अंक रहेको छ र उसलाई उपाधि जित्न मात्र एक अंक आवश्यक रहेको छ। उसवाई आजको खेल बराबरि मात्रै पनि पर्याप्त हुनेछ।

सोहि समय च्यासलमा मैदानमा एफसी खुमलटार र एपीएफ क्लब भिड्दैछन्।

पुच्छारमा रहेको खुमलटारको २४ खेलमा २४ अंक रहदा एपीएफ २४ खेलमा ३० अंक जोड्दै नवौं स्थानमा रहेको छ ।

सोहि समय एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्।

 २४ खेलमा ३७ अंक जोड्दै पुलिस चौंथो स्थानमा रहदा आर्मि २४ खेलमा ३० अंक जोड्दै आठौं स्थानमा रहेको छ ।

त्यस्तै आज हुने अन्तिम खेलमा सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब भिड्दैछन्। खेल दशरथ रंगशालामा साझ ६ बजेबाट सुरु हुनेछ।

जावलाखेल २४ खेलमा ३७ अंक जोड्दै तेस्रो स्थानमा रहदा सातदोबाटो २४ खेलमा ३२ अंक जोडेर पाँचौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →