TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Basketball May 05, 2025 · Swadesh

हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

हिमालयन जाभा बास्केटबल लिग : गोल्डेनगेटमाथि टाइम्सको रोमाञ्चक जित

२१ बैशाख, काठमाडौं । हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ । 
कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६-७१ को अन्तरले पराजित गरेको छ । 
तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१-५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । 
पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २४-१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५-३४ को अग्रता बनायो । 
तेस्रो क्वाटरमा दुवैले १६-१६ अंक स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो । तर चौथो क्वाटर २६-२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात गर्‍यो । 
टाइम्सको जितमा महत्वपूर्ण योगदान गरेका सदिश प्रधान एमभिपी घोषित भए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →