← समाचारमा फर्कनुस्
Basketball Nov 12, 2024 · Swadesh

टिआईए कप : आयोजकको दोहोरो हार

टिआईए कप :  आयोजकको दोहोरो हार

काठमाडौंमा जारी टिआईए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ गेटवे एकेडेमी, हिमालय ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र ज्ञान निकेतन विजयी भएका छन्।

बुढानिलकण्ठस्थित टिआईएको कोर्टमा मंगलबार भएको छात्रतर्फको खेलमा गेटवे एकेडेमीले आयोजक टिआईएको बी टिमलाई ६१–३३ स्कोरले हरायो। 

अर्को खेलमा एचएचसीएले श्री मंगलदिप स्कुललाई ५२–३२ ले हरायो। एचएचसीएका लागि डेविड आलेले १८ स्कोरको योगदान दिए। आयोजक टिआईएले मंगलबार दोस्रो खेलमा पनि हार व्यहो¥यो । ज्ञान निकेतनसँग भएको अर्को खेलमा टिआईए बी ५८–१३ को भारी अन्तरले पराजित भयो। 

मंगलबार नै भएको छात्रातर्फको खेलमा श्री मंगलदिप स्कुल निम्स र ग्रिनल्याण्ड विजयी भए। दुईवटा खेल खेलेको टिआईए बी दुबै खेलमा पराजित भयो। 

पहिलो खेलमा श्री मंगलदिपसँग हारेको टिआईए बी अर्को खेलमा निम्ससँग पराजित भयो। छात्रातर्फ ग्रिनल्याण्डले डाफोडिल स्कुललाई हराएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →